विराटनगरका उद्योगीले पुनः राष्ट्र बैंकको गेटमा धर्ना कसे

<span class='c1'>विराटनगरका उद्योगीले पुनः राष्ट्र</span> <span class='c2'>बैंकको गेटमा धर्ना कसे</span>

विराटनगर । विराटनगरका उद्योगीले बिहीबार पुनः बैंकको चर्को ब्याजदरकाविरुद्ध नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालय अगाडी धर्नामा बसेका छन्। बजार परिक्रमापछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा बढ्दो बैंक ब्याजको विरोधमा धर्ना दिँदै आफ्नो आन्दोलन गरेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघको संयुक्त पहलमा बिहीबार दुई दर्जनभन्दा बढी वस्तुगत संघ संस्थाले विराटनगर बजार बन्दको आह्वान गरेका थिए । तर, उद्योग खुल्ला राखेर व्यापार बन्द गर्न गरेको आह्वान कार्यन्वयन भने भएन ।

उद्योगी व्यवसायीले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत दर दई–दुई प्रतिशत कायम गर्नुपर्ने तथा बैंक र व्यवसायलाई अलग गर्नुपर्ने माग राखेका छन् । उद्योगी व्यवसायीले ब्याजहदर सारो भो गरिखान गारो भो, एकल ब्याजदर कायम गर, तरलता अभाव कम गर, उद्योग व्यवसाय जीवन्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्