पाक्यो उखु बाली : झापा, मोरङ र सुनसरीमा पन्ध्रलाख क्विन्टल उत्पादन

<span class='c1'>पाक्यो उखु बाली : झापा, मोरङ</span> <span class='c2'>र सुनसरीमा पन्ध्रलाख क्विन्टल उत्पादन</span>

विराटनगर । पूर्वका किसानलाई उखु काट्ने पूर्जी जारी गरिएको छ । सरकारले उखु र चिनीको समर्थन मूल्य निर्धारण नगरेपनि सुनसरीको बर्जुस्थित इष्टर्न सुगर मिलले तीन दिनको पूर्जी जारी गरेको हो ।

ईष्टर्न सुगर मिलका महाप्रवन्धक पवनकुमार झाले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउनका लागि बुधबार पूर्जी जारी गरिएको जानकारी दिनुभयो । किसानले पाकेको बाली काटेर क्रसिङमा पठाएपनि उनीहरुको मूल्य भने सरकारले तोकेपछि मात्रै निर्धारण गरिने छ ।
म्हाप्रवन्धक झाले अब शनिबारदेखि उखुको वजन लिन थालिनेछ । दश हजार क्विन्टल भएपछि क्रसिङ सुरु गरिनेछ । उहाँका अनुसार चालु वर्षमा झापा, मोरङ र सुनसरीका दुईहजार ६०० किसानको खेतमा उखु बाली पाकेको छ । छ हजार बिघा क्षेत्रफलमा यो वर्ष १५ लाख क्विन्टल उखु उत्पादन भएको अनुमान गरिएको छ ।

गतवर्ष ११ लाख ८० हजार क्विन्टल उखु उत्पादन भएको थियो । किसानले मिलबाट ५२० र नेपाल सरकारले ७० रुपिँयाका दरले प्रतिक्विन्टल ५९० रुपिँया पाएका थिए । महाप्रवन्धक झाले सरकारले मूल्य नतोकेपनि खेतमा पाकेको बालि समयमै क्रसिङ्ग सुरु नगरे त्यसको वजन क्रमशः घट्दै गएर घाटा किसान र मिललाई हुने बताउनुभयो । ‘सरकारले समर्थन मूल्य तोकेपछि त्यसका आधारमा भुक्तानी दिनेछौं’ महाप्रवन्धक झाले भन्नुभयो–अहिले उखु भटाभट काटेर मिलसम्म ल्याउन आग्रह गरेका हौं ।

किसानको खेतबाट मिलमा वजन नहुँदासम्मको घाटा किसानलाई नै हुन्छ । एक दिन मात्रै तौलमा ढिलाई भए किसानले प्रतिक्विन्टल १० केजीसम्म घाटा बेहोर्नुपर्ने हुन्छ । उखु काटिसकेपछि धेरै सुके चिनी उत्पादनमा समेत कमी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्