विराटनगरको जेम्स स्कुलमा आँखा शिविर सम्पन्न

विराटनगरको जेम्स स्कुलमा आँखा शिविर सम्पन्न

विराटनगर । विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोडिङ स्कुलमा आँखा शिविर सम्पन्न भएको छ ।

शुक्रबार भाष्कर आई केयर एण्ड गल्कोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुपको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

भाष्कर आई केयर एण्ड गल्कोमा सेन्टरका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले जेम्स स्कुलमा रहेका विद्यार्थी, अभिभावक र शिक्षक, शिक्षिकाको आँखा परिक्षण गरेको थियो । शिविरमा विद्यालयको विद्यार्थी ,स्थानीय अभिभावक ,स्काउटका, रेभर - रेन्जर तथा स्काउट मास्टरहरुको परिक्षण गरिएको कार्यक्रम संयोजक तथा स्काउट मास्टर गोविन्द कुमारले जानकारी दिए ।

आँखा मानिसको महत्वपुर्ण अंग भएको कारणले पनि आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकको आँखा शिविर मार्फत परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक पंकज खड्काले बताए ।

आगामी दिनमा पनि निरन्तर रुपमा विद्यार्थीको नि:शुल्क आँखा परिक्षण गरिने भाष्कर आई केयर एण्ड गल्कोमाका नेत्र विशेषज्ञ डा. भाष्कर झाले बताए ।

उक्त शिविरमा चार सय ५० जनाको आँखा परिक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्