सम्भावित कोभिडको संक्रमण सामना गर्न विराटनगर महानगरको तयारी

<span class='c1'>सम्भावित कोभिडको संक्रमण सामना</span> <span class='c2'>गर्न विराटनगर महानगरको तयारी</span>

विराटनगर । विश्वका विभिन्न मुलुकमा कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि विराटनगर महानगरले पनि सम्भावित संक्रमणको सामना गर्न तयारी सुरु गरेको छ ।

कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ । महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले रानी नाकास्थित हेल्थ डेक्सको अनुगमन गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए ।

सम्भावित कोभिडको संक्रमणविरुद्ध लड्न महानगरको स्वास्थ्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न मेयर नागेश कोइरालले निर्देशन दिइसकेका छन् । मेयरको निर्देशनपछि टोलीले रानी नाकामा रहेको हेल्थ डेक्सको अनुगमन गरेको हो ।

महाशाखा प्रमुख अलिका अनुसार विराटनगर-१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर-५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्