विराटनगर नगर बालक्लब सञ्जालको अध्यक्षमा आदित्य विजयी

<span class='c1'>विराटनगर नगर बालक्लब सञ्जालको</span> <span class='c2'>अध्यक्षमा आदित्य विजयी</span>

विराटनगर । नगर बालक्लब सञ्जाल विराटनगर महानगरपालिकाको अध्यक्षमा आदित्य झा निर्वाचित भएका छन् ।

शनिबार महानगरको सभाहल भएको आठौं नगर बाल भेलाले झालाई निर्वाचित गरेको हो ।

सर्वसम्मत नभएपछि अध्यक्षसहितको पदाधिकारीमा निर्वाचन गरिएको थियो । त्यस्तै सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भए ।

त्यस्तै श्रुति पुडासाई, दर्शन पौडेल, खुशीकुमारी गुप्ता, निकिसा कणर्, चञ्चल मण्डल, निधी चौधरी, सुमन यादव सदस्यमा चयन भएका छन् । त्यस्तै अन्य सदस्यहरुमा काजल कामत, शिवम कणर्, इन्द्र यादव, आस्था साह, तुसार गोइत, शमिम आलम, सुरजकुमार यादव, सुष्माकुमारी ठाकुर, रितेज विश्वकर्मा, कृष्टिना निरौला, विदिशा भट्टराई र आदर्श अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सञ्जालको संरक्षकमा महानगरका मेयर नागेश कोइराला रहेका छन् । नवनिर्वाचित झाले विराटनगरलाई नेपालमै पहिलो बालमैत्री महानगर बनाउनेगरी काम गर्ने प्रतिबद्धता जनाए । भेलामा महानगरका १९ वटै वडाबाट बाल प्रतिनिधिहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्