विराटनगर । मोरङ प्रहरीले विराटनगर–४ एयरपोर्ट नजिकको नहरबाट पाँचकेजी गाँजासहित विराटनगर–११ का २८ वर्षीय गोरे भनिने अर्पण राईलाई पक्राउ गरेको छ । शनिबार साँझको समयमा को ३८ प ७९५१ नम्बरको स्कुटीमा लुकाएर गाँजा ल्याउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले भित्री बाटोबाट गाँजा ओसारपसार गर्ने क्रममा रहेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले जानकारी दिएका छन् ।
शनिबार साँझको सममया सुनसान समयको मौका छोपेर गाँजा ओसारपसार गरेको खुलेको छ । राईले उक्त कहाँबाट ल्याएका थिए भन्ने विषयमा समेत प्रहरी अनुसन्धान सुरु गरेको छ ।