विराटनगर । जनता स्कुल विराटनगरको पूर्व बिद्यार्थी संघको नयाँ कार्यसमिति गठन भएको छ। उमेश भगतको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा डा.मनोज राउत, सचिव प्रकाश उप्रेती र रामकुमार निरौला, सह–सचिव विज्ञान चापागाँई, कोषाध्यक्षमा प्रतिक्षा गेलाल छन् । यसैगरी सदस्यहरुमा अनिल रिजाल, संजित रिजाल, सुमित निरौला, इन्द्र परियार, आरती गेलाल, शिक्षा कार्की, अरुण राजबंशी, दीप्तिकुशुम भगत रहेका छन् ।
यसैगरी आमन्त्रित सदस्यको रुपमा विरेन्द्र केसी, देवी पोखरेल, बिक्रम कार्की र नारायण पराजुली चयन भएका छन् । सल्लाहाकारमा कृष्णबहादुर बस्नेत, भुवन रेग्मी, बिदुर ढुंगेल र ईश्वर निरौला चयन भएका छन् ।