विराट टिचिङ्ग नवौं वर्षमा, वार्षिक उत्सवको अवसरमा निःशुल्क उपचार सेवा

<span class='c1'>विराट टिचिङ्ग नवौं वर्षमा, वार्षिक</span> <span class='c2'>उत्सवको अवसरमा निःशुल्क उपचार सेवा</span>

विराटनगर । स्वास्थ्य क्षेत्रको यात्रालाइ निरन्तर अगाडी बढाउँदै आएको बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल ९ औं बर्षमा प्रवेश गरेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित टिचिङ्ग हस्पिटलले वार्षिक उत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । त्यस बाहेक अस्पतालले दिने उपचार सेवामा भारी छुटको सुविधा दिदैं आएको छ ।

संस्थापक अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्की र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै शनिबार सेवा प्रवाहमा ध्यान दिने बताएका थिए । शनिबार निःशुल्क आँखा शिविर, मुटु रोग सम्बन्धित जनचेचनामूलक कार्यक्रम आयोजना गरिएको थियो । त्यसैगरी अल्ट्रासाउण्ड शिविर समेत आयोजना गरिएको थियो ।

त्यसैगरी रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । जसमा २० जना बढीले रक्तदान गरेका थिए । १६० जना बढीको निःशुल्क आँखा जाँच गर्नुको साथै चस्मा आवश्यक हुनेलाइ निःशुल्क चस्मा बितरण गरिएको थियो ।
यसैगरी आइतबार टिचिङ हस्पिटलले सम्पूर्ण ओपीडी सेवालाई निःशुल्क सेवा प्रदान गरेको छ । यसैगरी मुटु रोग विभागलाई नयाँ भवनमा स्थान्तरण गरिएको छ । यसैगरी क्यान्सर सम्बन्धित जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।

यसैगरी सोमबार समेत निःशुल्क ओपीडी सेवाका साथै, मानसिक रोगसम्बन्धि जनचेतनामूलक कार्यक्रम, आँखा शिविर र अल्ट्रासाउण्ड शिविर आयोजना गरिने भएको छ । यसैगरी अस्पतालले वार्षिक उत्सव कार्यक्रमको अवसरमा जनरल ल्याब टेष्टमा २० प्रतिशत, डाइग्नोस्टिक सेवामा २० प्रतिशत र शल्याक्रिया सेवामा २० प्रतिशत छुट सुविधा दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्