विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ । आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेसँगै सरकार बनाउन पहल लिने वार्ता टोलि गठन गरेको हो ।
सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन छ । टोलीको सदस्यमा तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लीलाबल्लभ घिमिरे सदस्य छन् । टोलीले सरकार गठन र अन्य विषयमा दलहरुसँग सम्वाद गर्नेछ ।
केन्द्रमा राजनीतिक समिकरण फेरबदल आएसँगै प्रदेश १ मा एमाले नेतृत्वमा सरकार बन्ने संभावना समेत बढेको छ । जसमा माओवादी, राप्रपा लगायतका दलहरु समेत समर्थन र सहभागि हुनेछन् ।