विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय : गेटमा उद्योगी, सडकमा कर्मचारी

<span class='c1'>विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय :</span> <span class='c2'>गेटमा उद्योगी, सडकमा कर्मचारी</span>

विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको मुख्य प्रवेशद्वारामा उद्योगी धर्नामा बसेपछि कर्मचारी बाहिरै भएका छन् । चर्को बैंक ब्याज विरुद्ध उद्योगीहरुले सोमबार बिहानैदेखि राष्ट्र बैंकको गेटमा धर्ना दिएका हुन् । मुलगेटमा धर्नामा बसेका उद्योगीहरुको कारण कर्मचारी भने सडकमै उभिरहेका छन् ।

उद्योगीहरुले चालु पूँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, एकल अंकको बैंक ब्याजदर कायम गर्नुपर्ने र स्प्रेड दर अधिकतम २ प्रतिशत कायम गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् । चरणवद्ध आन्दोलनमा रहेका उद्योगी–व्यवसायीले सोमबार भने बिहानै नगर परिक्रमा गर्दै राष्ट्र बैंकको गेटमा धर्ना दिएका हुन् । त्यसले नेपाल राष्ट्र बैंक विराटनगरको सेवा समेत प्रभावित भएको छ । कर्मचारी गेट भन्दा उत्तर–दक्षिणको सडक छेउको फुटपाथमा उभिएका छन् । राष्ट्र बैंकको बाहिरी घेराबेरा र देवकोटाचौक–हाटखोला सडक क्षेत्रमा उनीहरु छरिएर बसेका छन् । कोहि मोटरसाइकलमा त कोहि त्यसै उभिएर बसेको देखिन्छ ।

आन्दोलनरत उद्योगीहश्रुले सरकारको बैंकको ब्याजदर घटाउन चाहेपनि नेपाल राष्ट्र बैंकका गभर्नरका कारण यो नियन्त्रणउन्मुख नरहेको बताउँदै आएका छन् । उद्योगी प्रकाश मुन्दडाले गभर्नर र सरकारबीचको तानातानले बैंक सञ्चालकहरुलाई फाइदा पुग्ने गरि काम भईरहेको प्रतिक्रिया दिएका छन् । उनले सरकारले चाँडो भन्दा चाँडो गर्भनर हटाएर यसलाई सन्तुलनमा ल्याउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्