विराटनगरमा मस्तले मौलायो तस्करी : मध्यरातमा भित्रन्छ साामान, पक्रन्छ प्रहरी

<span class='c1'>विराटनगरमा मस्तले मौलायो तस्करी :</span> <span class='c2'>मध्यरातमा भित्रन्छ साामान, पक्रन्छ प्रहरी</span>

विराटनगर । प्रहरीले सोमबार राती ७ लाख ४७ हजार मूल्य बराबरको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर १६ हुलासचौक, विराटनगर १७ रघुपति जुट मिल र जहदा गाउँपालिका १ नहरटोलमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थाको सामान नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय रानी मातहत रहेको इप्रका रानी सिमा र इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले राती १०ः३० बजे सामान बरामद गरेको हो । भारतबाट तस्करी गरेर मध्यरातमा नेपाल लिएर आउँदै गर्दा प्रहरीलाई देखेपछि कारोबारी भागेको प्रहरीको दावी छ । प्रहरीले पक्राउ गरेकामध्ये स्टकोट, झुल, चुल्लो, बर्नर, कुकरको हेण्डिल कभर, वासर, रुद्राक्ष दाना, सिटी सफारीको सकप, पाउडर दुध, जुत्ता, चप्पल, गल्बन्धी, गाईलाई खुवाउने भिटामिन, प्लाष्टिकको कुर्सी, पुजाको सामाग्री, झोलाको क्लीप, मोजा, यूरिया मल, चिनी जस्ता सामाग्री छन् ।

उपभोगका लागि नभएर तस्करीको कारोबार चलाउनेहरु भित्र्याएको सामान मध्यरातमा पक्राउ परेको हो । उपभोक्ताले घरायसी प्रयोजनका लागि भए दिउँसै रानी नाकाबाट पोकामा नेपाल भित्र्याउँछन् । तस्करीमा संलग्नहरुले मध्यरातमा भित्र्याउने र गोदाम गरेर दिउँसो पसलपसलसम्म पु¥याउने गर्दै आएका छन् ।
प्रदेश १ को राजधानी विराटनगरमा सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति छ । प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको गण, सीमा सुरक्षा फोर्स, त्यस बाहेक सीमा सुरक्षा बेस क्याम्प, इलाका प्रहरी कार्यालयहरु भएको विराटनगर क्षेत्रकै नाकाबाट यतिबिघ्न तस्करी भईरहेको प्रहरीले पक्राउ गरेको सामानले समेत पुष्टि गर्दछ ।

भारतसँग सीमा जोडिएको विराटनगरमा वैधानिक बाटो भएर भन्सार जाँचपास चौकी आईसीपी, साविक रानी भन्सारबाट मालसामान नेपाल भित्रने गरेको छ । बाँकी जहाँसुकै बाटो आएपनि त्यो तस्करीकै सामान हो ।


विराटनगरको मटेर्वा नाका, इस्लामपुर, दरैया जस्ता क्षेत्रबाट दिउँसो र राती नै तस्करी भईरहेको छ । त्यस बाहेक आईसीपी नजिकको भेडियारी, तारेगामा, गलेरिया, नोचा, खयरबोना, मझारे, चोप्राहा जस्ता नाकाबाट व्यवस्थित र सेटिङमा तस्करीको कारोबार भईरहेको छ । तस्करहरुले भारतबाट ल्याएको सामान विराटनगरका विभिन्न पसलमा पु¥याउँछन् र पैसा लिने गरेका छन् । बाटोको म्याद बाहेक विराटनगरका व्यापारीसँगको समझदारीमा सबै प्रकारका मालवस्तुको तस्करी हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले रानी क्षेत्रबाट ९ लाख २६ हजार बराबरको सामान बरामद भएको उल्लेख गर्दै सूचना सम्प्रेषण गरेका छन् । यसरी सामान बरामद गरेको विवरणसँग कहिल्यै पनि सामान बोक्ने व्यक्तिको नाम उल्लेख हुँदैन । प्रहरीले सामान बरामद गर्दा व्यक्तिले छोडेर फरार भएको विवरण पठाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्