विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ को प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरुमध्ये जेष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथग्रहण गराउनुभएको छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धि ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।