विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको–१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अङ्गीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमति रहेको बताउनुभयो ।
शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्नेमा जोड दिँदै उहाँले प्रदेशलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेज सफल हुने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयका शिक्षा सङ्कायका डिन प्राडा बालचन्द्र लुइँटेलले गुणस्तरीय अध्यापनमा कमी हुन नदिने भन्दै विद्यालयले दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको दाबी गर्नुभयो ।
रजिष्ट्रार प्राडा अच्युत वाग्लेले विश्वविद्याल न्यून शुल्कमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कलेजका अध्यक्ष विकास अधिकारीले प्रदेशमा रोजगारमूलक शिक्षाको पहुँच र प्राविधिक पु¥याउन कलेजको लक्ष्य रहेको जानकारी दिनुभयो ।
फोटो:फाइल