वर्ल्डलिङ्कले दिने मेस राउटर राख्ने कि बजारबाट सेकेन्डरी राउटर किन्ने ?

<span class='c1'>वर्ल्डलिङ्कले दिने मेस राउटर राख्ने कि</span> <span class='c2'>बजारबाट सेकेन्डरी राउटर किन्ने ?</span>

विराटनगर । अहिले इन्टरनेट सेवाप्रदायकले १०० एमबीपीएस माथिको इन्टरनेट दिइरहेकाछन् । यस्तोमा ठूलो अथवा थुप्रै तल्ला भएको घरमा समेत एउटै इन्टरनेटकनेक्सन पर्याप्त हुन थालेको छ ।

तरकम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाटसेकेन्डरी राउटर खरिद गरेर राख्ने गरिन्छ । जसका लागि कम्तिमा १५००रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

यस्तोमादेशकै ठूलो इन्टरनेट सेवाप्रदायकले मेस राउटरको अवधारणाको रूपमा आफैँलेसेकेन्डरी राउटरको विकल्प समेत दिइरहेको छ । जुन खर्चका हिसाबले मात्र नभएरवाई-फाई तथा इन्टरनेटको अनुभवको हिसाबले समेत उत्तम विकल्प हुन सक्छ ।

राउटरको प्रविधि

राउटरअनुसार प्रविधि र क्षमता फरक-फरक हुन सक्छ । हाल बजारमा सिङ्गल ब्याण्ड, डुअल ब्याण्ड र डुअल ब्याण्ड प्लस मेस राउटर, सिक्सजी गरी फरक–फरकप्रविधिमा आधारित राउटर उपलब्ध छन् । प्रविधि अनुसार राउटरको मूल्य फरकहुनु स्वाभाविक नै हो ।
जसमध्येडुअल ब्यान्ड सहितको मेस राउटर राख्दा घरभरी सबैतिर उच्च गतिको एउटैवाई-फाई नेटवर्क विस्तार भएर रहन्छ । यसको अर्थ सामान्य किसिमको सेकेन्डरीराउटर लिएर राख्दा जस्तो यसमा छुट्टाछुट्टै वाई-फाई नेटवर्क नभएर एउटैवाई-फाई हुन्छ ।

जसलेगर्दा एउटा तल्लाबाट अर्को तल्लामा जाँदा समेत वाई-फाई कनेक्सन टुट्दैन । साथै छुट्टाछुट्टै वाई-फाई नेटवर्क हुँदा एक अर्कोमा स्वीच गरिरहनु पर्नेझन्झट पनि यसमा रहँदैन । आजका दिनमा हामीले उपभोग गर्ने कन्टेन्टका आधारमा पनि डबल ब्याण्ड प्लस मेस राउटर निकै प्रभावकारी मानिन्छ ।

मूल्यमा कुन सस्तो ?

इन्टरनेटबजारमा सेकेन्डरी राउटरका लागि टीपी लिङ्क, एमआई लगायतका अनेकौं विकल्प छन्। यता इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई नोकिया, ह्वावे, जेडटीईलगायतका राउटर उपलब्ध गराउँदै आएका छन् । बजारमासिङ्गल ब्याण्ड राउटरका लागि कम्तिमा १५०० रुपैयाँ पर्न आउँछ । डबलब्याण्ड राउटरको मूल्य भने चार हजार रुपैयाँसम्म हुने गरेको छ ।

त्यस्तै हाल बजारमा सबैभन्दा प्रभावकारी मानिएको डबल ब्याण्ड प्लस मेस राउटरको मूल्य चार हजार ५०० रुपैयाँभन्दा माथि छ । यस्तोमा वर्ल्डलिङ्क लगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीले उपलब्ध गराउने नोकियाको डबल ब्यान्ड प्लस मेस राउटर सस्तो देखिन्छ । उदाहरणकालागि वर्ल्डलिङ्कका ग्राहकले तीन महिना, छ महिना र एक वर्षका लागिइन्टरनेट जडान गर्दा थप केही शुल्क बुझाएर यस्तो राउटर लिन सक्छन् ।कम्पनीका अनुसार ग्राहकले तीन महिना र ६ महिनाको लागि इन्टरनेट जडान गर्दादुई हजार रुपैयाँ रेन्टल तिरेर एउटा बिकन राउटर राख्न सक्छन् । जसमध्ये१५०० रुपैंया डिपोजिटको रुपमा रहन्छ, जुन तपाईँले इन्टरनेट प्रयोग गर्नबन्द गरेसँगै फिर्ता पाउन सक्नु हुन्छ ।

अझ एक वर्षका लागि इन्टरनेट जडानगर्ने ग्राहकलाई त कम्पनीलाई डिपोजिटको रूपमा १५०० रुपैयाँ बुझाए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्