विराटनगरको वडा बाल संजालद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगरको वडा बाल संजालद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ७ को वडा बाल संजालले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

वडा ७ को सहयोगमा तथा वडा संजालको आयोजनामा सोमबार वडा भित्रका विद्यालयबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

उक्त प्रतियोगीतामा गायत्री मावि,सत्यनारायण मावि,आदर्श मावि,ग्रेडेड बोडिङ स्कुल,आदर्श बालिका,बाल मन्दिर आधारभूत विद्यालयको सहभागीता रहेको थियो । ६ विद्यालयबीच भएको प्रतिस्पर्धामा प्रथम,द्वितीय र तृतीय क्रमश:सत्यनारायण मावि,आदर्श मावि,ग्रेडेड बोडिङ स्कुल भएका छन्।

विजेतालाई कार्यक्रमको प्रमुख अतिथि वडा ७ का वडा अध्यक्ष मधुबाबु तिवारी र वडा बाल क्लब संजालका अध्यक्ष असोक खतिवडाले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । साथै वडा बाल क्लब संजालका अध्यक्ष असोक खतिवडा नगर बाल क्लब संजालको सचिव पदमा निर्वाचीत भएको हुदा वडा संजालले खतिवडालाई सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा ७० जनाको उपस्थिति रहेको वडा बाल क्लब संजालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्