पर्यटकीय क्षेत्रका लागि मुख्य गन्तव्य बन्दै ‘बर्जु ताल’

<span class='c1'>पर्यटकीय क्षेत्रका लागि मुख्य</span> <span class='c2'>गन्तव्य बन्दै ‘बर्जु ताल’</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

धार्मिक पौराणिक महत्व बोकेको बर्जताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि भ्रमण गर्न साथै बनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो । प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्ने बर्जु तालमा भ्रमण मनोरञ्जनका लागि मात्रै सिमित नभएर अध्ययन अनुसन्धानका लागि पनि आन्तरिक तथा बाह्यका मानिसहरु आउने गर्दछन्।

एक सय ५१ विगाह बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जुताल १ सय विघा क्षेत्रमा जलाशय रहेको छ । हिन्दू धार्मिक ग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको मिथक कथनसँग जोडिएको सो तालमा चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण वन्ने गेरेको छ । भने, बर्जु भ्रमण गर्न आउनेहरुका लागि अर्को आकर्षण बोट चढेर ताल भ्रमण गर्ने पनि हो ।

बर्जुतालमा विभिन्न थरीका जलचर,थरचर प्राणीको वासस्थान समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्