विराटनगर । मआवोदी केन्द्रका प्रदेश इन्चार्ज राम कार्कीले नवनिर्वाचित सांसदहरुलाई पदमा पुगिसकेपछि आफ्नो धरातल नभुल्न आग्रह गरेका छन् ।
आज (मंगलबार) विराटनगरमा मओवादी केन्द्र प्रदेश कमिटीको आयोजनामा नवनिर्वाचि सांसदहरुको सम्मान कार्यक्रमा बोल्दै कार्कीले यस्तो बताएका हुन् ।
मन्त्री भइसकेपछि हरेक मन्त्रालयमा दलाल, कप्रोरेटरका मान्छेले नछोड्ने बताउदै उनले यस्ता सबै कुराहरुबाट जोगिन आग्रह गरे । उनले आफू मन्त्रीबाट बिदा हुँदाको क्षणलाई स्मरण गर्दै उनले आफू मन्त्री खुस्किएको दिन झाँक्रीले लगेको मान्छे समाजमा ल्याएर छोडिदिएको जस्तै भएको बताए ।
‘मन्त्री भइसकेपछि हरेक मन्त्रालयमा झँक्रिनीले छोड्दैनन, त्यो झँक्रीनीको खेलमा परेपछि छुट्न गाह्रो हुन्छ ।’ ठटयौली भाषामा बोल्दै उनले भने,‘झाँक्रीनी भनेको कप्रोरेटर हाउस, दललाहरु हुन उनीहरुले फुर्काउछन्, मओवादीलाई ०६४मा उनीहरुले पुलपुल्याएर विगारेको हो ।’
उनले आफूले टेकेको धरातल नर्विसिन आग्रह गर्दै भने,‘ आफूले गाँउघरमा गोठमा बसेको कहिल्यै नविसिर्नु ।’ पदमा पुगेर पोसाकतिर टाठ—बाँट तिर गए झाँक्रिनीले लगेको बताउदै उनले सामाजमा आएर झारफुक गर्न नपाइने बताए ।
उनले एमाले जस्तो संगठित पार्टीसँग सहकार्य गरेर जाँदै गर्दा आफ्नो पार्टीले कसरी श्रेष्ठता देखाउने भन्ने चुनौती रहेको बताए । मन्त्रीमण्डलमा जति सिट पाए पनि हाइहाइ नगर्न आग्रह गर्दै उनले आफू मन्त्री भएको स्मरण गर्दै हाइहाइ नभए पनि नाइनाइ नभएको बताए । विभिन्न प्रकारका गठबन्धन बने पनि देशमा अस्थिरता भएको बताउदै उनले त्यसैले गर्दा आज कसैले नसोचेको राजनीतिक हलचल भएको बताए । उनले निर्वाचनमा मजदुर किसानहरुसँग खटिएका बताउदै पहिलो क्याबिनेटको बैठकबटा मजदुर किसानका पक्षमा विद्यायक लयाउनुपर्नेमा जोड दिए । किसान, मजदुरहरुले मओवादीलाई यहाँसम्म ल्याएको उनले स्मरण गरे । उनले भर्खैरै सम्पन्न निर्वाचनको मत परिणाम फेरिएको बताए । ‘पार्टी सदस्य संख्या र आफूहरुले पाएको मत हेर्नुहोस र जनताले हामीलाई कसरी लिएको छ ।’ उनले भने,‘ यही एक नम्बर प्रदेश हो जहाँबाट हामी तुफान जस्तै आएका थियौ ।’ २०६४ सालमा पढेलेखेका धनिहरुका लागि मओवादी गलत साइडमा भएको बताउदै उनले पूर्वको पहाड, झापा मोरङ सुनसरीमा समाजका धनी मानिएकालाई भूईमान्छेले पछारेर मजदुरहरुले जिताएको उनले बताए ।
उनले ०६४ मा अत्याधिक बहुमत दिएर जिताउने जनतालाई खोज्न उनले आग्रह समेत गरे । ‘त्यतिकै त जितेका छैनौ । हामीलाई विदेशबाट भोट दिन त आएको होइन् ।’ उनले भने,‘हामीले सबैलाई खोजौ, जनता त्यहीँ छ ।’अबको यात्रा कोर्ष करेक्सन गर्ने ठाँउ रहेको बताउदै उनले टिम एकवद्ध भएर जानुपर्नेमा जोड दिए ।
उनले अर्को प्रशंगमा देशको आर्थतन्त्र खतरामा पुगेको बताउदै २०२३ मा आर्थिक संकटको सामुद्रिक आँधी दक्षिण एसियामा आइपुग्ने बताउदै उनले देशको अथतन्त्र कसरी जोगाउने भन्ने मा जोड दिन समेत बताए ।