कोभिड १९ को नयाँ स्वरुप नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन

कोभिड १९ को नयाँ स्वरुप नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन

मनोज दाहाल
विराटनगर । कोभिड-१९ को नयाँ स्वरुप छिमेकी देशहरुमा देखा परेकोले यसको नियन्त्रण,रोकथाम र सचेतना अभियान सञ्चालन गर्न आवश्यक निर्देशन दिने मोरङ जिल्ला समन्वय समितिको आज बसेको वैठकले निणर्य गरेको छ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा वसेको वैठकले सार्वजनिक यातायातका साधन तथा भिडभाड हुने स्थानहरुमा स्वास्थ्य मापदण्ड अपनाउने , भौतिक दुरीको पालना अनिवार्य गराउने,व्यक्तिगत सरसफाई लगायतको जानकारी स्थान तहमार्फत प्रचार प्रसार गर्ने, नेपाल पत्रकार महासङ्घमार्फत सन्देशमुलुक सामाग्रीको प्रचार प्रसारको व्यवस्था गर्ने रहेको छ।

यसैगरी मोरङ जिल्लाको अन्तर्राष्ट्रिय नाकामा निगरानी वढाउने,संकास्पद व्यक्तिहरुको ट्रयास, टेष्ट र ट्रिट गर्ने पद्धति स्थानीय तह र स्वास्थ्य निकायमार्फत गराउन क्रियाशिल बनाउने, जिल्लाका स्थानीय तहहरुमा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने र कोभिड खोप लिन छुटेका र वुष्टर डोज लिन बाँकी नागरिकहरुलाई खोपको व्यवस्था गर्ने जस्ता निणर्य भएको छ। सो अवसरमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्वर राईले स्थानीय तहले आफ्नो नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल भई कोभिड प्रकोप फैलन नदिने कार्य गर्र्नु पर्नेमा जोड दिनुभयो ।

निमित्त प्रजिअ पोखरेलले सम्पूर्ण कार्यालयमा सेवाग्राहीहरुलाई मास्क, सावुनपानीले हात धुने , सेनिटाइजरको व्यवस्थाको लागि निर्देशन दिने जानकारी दिनु भयो । वैठकमा भैरव गण थलहाका प्रमुख सेनानी अमृत थापा मगर,सशस्त्र प्रहरी बल नेपाल नं ३ गणका नायव उपरीक्षक सुमन पोखरेल,जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक टिका वहादुर कार्की , राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख अनुसन्धान अधिकृत हिरा भट्टराई र गैरसरकारी महासङ्घका उपाध्यक्ष विष्णु पन्त , विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले कार्यालयमा स्वास्थ्य मापदण्ड अपनाउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्