नेपालबाट ३१ महिनापछि चीनमा निर्यात, केरुङमा भव्य स्वागत

<span class='c1'>नेपालबाट ३१ महिनापछि चीनमा</span> <span class='c2'>निर्यात, केरुङमा भव्य स्वागत</span>

विराटनगर । नेपालबाट चीनमा ३१ महिनापछि सामान निर्यात भएको छ । रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान चिनले भित्र्याएको हो । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत समेत गरेको छ ।

‘केरुङ–सुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार बुधबारदेखि सुरु भएको छ । नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ ‘चीन नेपालको थप सामान निर्यातको प्रतीक्षामा छ ।’

कोभिड महाहारी पछि लामो समय नेपाल चीन नाकामा अवरोध देखिएको थियो । नेपालको आग्रहमा चीनले आफ्नोतर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो ।

केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाल वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्ता चीनतर्फ निर्यात भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्