उद्योगी व्यवसायीहरुको समस्याको समाधान गर्ने सरकारको आश्वसन

<span class='c1'>उद्योगी व्यवसायीहरुको समस्याको समाधान</span> <span class='c2'>गर्ने सरकारको आश्वसन</span>

विराटनगर । उद्योगी व्यवसायीहरुको समस्याको समाधान गर्ने सरकारले आश्वसन दिएको वार्तामा सहभागी उद्योगीहरुले बताएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समिति गत बिहीबारदेखि आन्दोलनरत थिए । चर्को ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा निर्देशिकाको विपक्षमा रहेका उद्योगी आन्दोलनमा उत्रिएका हुन्।

विराटनगरका उद्योगी व्यवसायीहरु सडक आन्दोलन गरिरहेकै बेला नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएका थिए । अर्थमन्त्रीले वार्ताका लागि बोलाएपछि आन्दोलन रोकेर काठमाडौं गएका उद्योगीहरुले बुधबार अर्थमन्त्री पौडेलसँग छलफल गरेका थिए ।

उद्योगीहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको समस्याप्रति गम्भीर रहेको बताउदै छिटै राष्ट्र बैंकका गभर्नरसँग पनि सल्लाह गरेर समस्याको समाधान निकाल्ने आश्वसन दिएको वार्तामा सहभागी उद्योगी व्यवसायीले बताए ।

आन्दोलनमा उत्रिएका व्यवसायीले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको मुख्य प्रवेशद्वारमा प्रदर्शन गरेका थिए। एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेडदर दुई प्रतिशत कायम गर्नुपर्ने, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत कायम गरिनुपर्ने उनीहरुको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्