विराटनगर १६ वडा कार्यलयका कर्मचारीले सेवाग्राहीलाई कुटपिट गर्दा गम्भिर घाईते

<span class='c1'>विराटनगर १६ वडा कार्यलयका कर्मचारीले</span> <span class='c2'>सेवाग्राहीलाई कुटपिट गर्दा गम्भिर घाईते</span>

विराटनगर । विराटनगर महानगरपालिका १६ नम्बर वडा कार्यलयका कर्मचारीले एक सेवाग्राहीलाई कुटपिट गर्दा गम्भिर घाईते भएका छन् ।

उपभोक्ता समिति गठनका लागि समितिमा बस्नेहरुको जग्गाको कर तिर्न पुगेका विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्तीका ४० बर्षिय अनिल खतिवडालाई कर्मचारीले कुटेका हुन् ।

उनलाई वडा कार्यलयका कम्प्युटर अप्रेटर रवी सुब्बाले गाली गर्दै कुटपिट गरेको घाईते खतिवडाले आवर विराटनगरलाई जानकारी दिए । खतिवडाका अनुसार उपभोक्ता समितिको गठनको लागी लालपूर्जामा भएको २ वटा कित्ताको राजश्व तिर्न उनीसँगै अर्का उपभोक्ता पुगेका थिए । जिर्सीदेवि मण्डलको नाममा रहेको जग्गाको राजस्व बुझाउन जितेन्द्र मण्डल गएका थिए ।

अहिलेलाई एउटाको मात्रै राजश्व तिर्छु भनेपछि कर्मचारीले एउटै पूर्जामा भएको दुवै कित्ताको राजश्व बुझाउनुपर्ने भनेका थिए । त्यसपछि उपभोक्ताले दुवै कित्ताको बुझाउने भनेपछि कर्मचारी सुब्बाले महानगरपालिका जानुपर्ने बताएका थिए ।

खतिवडाले कर बुझाउन आएको सेवाग्राही यहाँबाट महानगरपालिका जाँदा पुनः यहिं वडामा फर्कायो भने दुःख हुन्छ भनेका थिए । त्यसपछि कर्मचारी सुब्बाले तथानाम गाली गर्दै खतिवडालाई हिर्काएको आरोप छ । तथानाम गालीगलौज गर्दै नाक आँखामा हिर्काए, खतिवडाले भने–अहिले मेरो टाउको झन्झनाई रहेको छ ।

खतिवडाको आँखामा चोट लागेको छ । नाकबाट रगत समेत बगेको छ । उनले तत्काल नजिकै रहेको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य चेकजाँच समेत गरिसकेका छन् । यता कुटपिट गर्ने कर्मचारीलाई वडा कार्यलयले कारबाहीको लागी महानगरलाई तत्काल पत्र लेखेर पठाई सकेको वडा अध्यक्ष उद्धव भुजेलले जानकारी दिएका छन् ।

वडा कार्यलयमा आउने सेवाग्राहीलाई कसैले पनि हातपात गर्न पाईदैन अध्यक्ष भुजेलले भन्नुभयो, ‘सार्वजनिक ठाँउमा कुटपिट तथा गालीगलौज गर्ने कर्मचारीलाई कानुन बमोजिम कारबाहीको लागी हामीले कदम चालिसकेकाछौँ ।’
यता घाईते खतिवडाले ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा घटनाबारे जानकारी गराई कारबाहीको माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्