विराटनगर । राउण्ड टेबल नेपालले विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण गरेको छ ।
सेन्टरको चौथो वार्षिक उत्सवको अबसरमा बिहिबार आयोजित कार्यक्रमकोबिच राउण्ड टेबल नेपालले खानेपानी फिल्टर हस्तान्तरण गरेको हो ।
अटिजम भएका बालबालिका लागि विषेश सेन्टर हो । उक्त सेन्टरलाई राउण्ड टेबल नेपालले प्रत्येक वर्ष विभिन्न सहयोग गर्दै आएको छ ।
विगतका वर्षहरुमा इन्भर्टर, विभिन्न खेलकुद सामाग्री, स्टेशनरीलगायतका सहयोग गर्दै आएको राउण्ड टेबल नेपालले यसवर्ष निकै आवश्यक देखिएकाले खानेपानी फिल्टर वितरण गरेको हो ।