काँग्रेस विराटनगरका नेता अमृत अर्याललाई धोका, समर्थक र प्रस्तावकले नै दिएनन् मत

<span class='c1'>काँग्रेस विराटनगरका नेता अमृत अर्याललाई धोका,</span> <span class='c2'>समर्थक र प्रस्तावकले नै दिएनन् मत</span>

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा विराटनगरका नेता अमृत अर्याललाई गम्भीर धोका भएको छ । सभापति शेरबहादुर पक्षका अर्याललाई आफ्नै समर्थक वा प्रस्तावकले समेत धोका दिएपछि उनले २ मतमा चित्त बुझाउनु परेको छ ।

तीनजना प्रतिस्प्रर्धिमध्ये झापाका उद्धव थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए । उनी झापाका हुन् । काँग्रेसका प्रदेश १ सभापति समेत हुन् । अर्का उम्मेदवार केदार कार्कीले ९ पाएका छन् । मोरङका कार्की शेखर समूहका हुन् । हाल उनी आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् ।

निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । यद्यपि उनलाई अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षको सहयोग रहेको दावी छ ।
देउवा लाइनमा उभिएका अर्यालले प्रस्ताव र समर्थक मध्ये कसको मत पाएनन् भन्ने यकिन छैन । तर, उनलाई गम्भीर धोका दिइएको छ । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिताकुमारी गुरुङ थिए । समानुपातिक सांसद उनीहरुमधये गुरुङ गच्छदार पक्षको सांसद मानिन्छन् । गच्छदारले समेत यस पटक अर्याललाई सहयोग नगरेको भनाई छ ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । तर, थापाले भने पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्