विराटनगर । विराट मेडिकल तथा शिक्षण अस्पतालको ९ औँ वार्षिक उत्सवमा तीन दिवसीय निःशुल्क स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।
निःशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत रक्तदान कार्यक्रम, आँखा शिविर, मुटु रोगको परिक्षण साथै अल्ट्रसाउण्ड सिविर कार्यक्रम भएको थियो । आँखा शिविरको पहिलो दिन तीन स्थानका वृद्धआश्रामका वृद्ध, विदा र अनाथ आश्रमका बालबालीकाको स्वास्थ्य जाँच गरिएको थियो । पुष ९ गेत देखि सुरु भएको निःशुल्क स्वास्थ्य जाँच कार्यक्रममा १४ जनाले अल्ट्रासाउण्ड, २० जनाले रक्तदान, ७० जना बढीले मुटु परिक्षण साथै आवश्यकता अनुसार इ.सि.जी जाँच समेत गरेको अस्पतालले जनाएको छ । यस्तै अस्पतालका अनुसार मोरङ र सुनसरीका ३३ जना महिला स्वास्थ्य स्वयम सेविकालाई मुटु रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम र निःशुल्क आँखा शिविरमा १६० भन्दा बढीको आँखा जाँच गरिएको र आवश्यकता अनुसार चस्मा र औषधी समेत प्रदान गरिएको छ ।
वार्षिक उत्सवकै अवसरमा मुटु रोग विभागलाई नयाँ भवनमा स्थानान्तरण समेत गरेको थियो । पुरानो भवनमा विरामीको चाप धेरै हुँदा काम गर्न असहज भएकाले नयाँ भवनमा स्थानतरण गर्न डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई आग्रह गरेको र सोही अनुसार छोटो अवधिमा राम्रो संरचना तयार पारेर हस्तान्तरण गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ प्रशान्त शाहले बताए ।
यस्तै पुष १० गते ७० जनाले निःशुल्का आँखा जाँच गराएका थिए । भने, ओपिडी जाँच अन्तर्गत ७० जना भन्दा बढीले मुटु जाँच गराएका थिए । भने, महिलाहरुलाई क्यान्सर सम्बन्धि जनचेतना मूलक कार्यक्रम पनि गरिएको थियो । सोहि अवसरमा अस्पतालमा कार्यरत ३० जना कर्मचारीलाई समेत सम्मान गरिएको छ । यस्तै पुष ११ गते गरिएको आँखा जाँच मा १ सय ३८ जना ले आँखाको परिक्षण गराएका थिए । भने सहि दिन मानसिक राग सम्बन्धि जनचेतना मूलक कार्यक्रम पनि गरिएको थियो । पौष ९, १० र ११ गते सम्पूणर् ओ.पि.डी अल्ट्रासाउण्ड मा निःशुल्क परिक्षण गरिएको थियो । शिविरका दिन सबै प्रकारका शल्याक्रियामा २० प्रतिशत छुट गरिएको थियो । भने, जनरल ल्याव परिक्षमा २० प्रतिशत र डाइगेनष्टिक सेवामा २० प्रतिशत छुटको व्यवस्था रहेको थियो । भने, पौष महिनाभरका लागि सम्पूणर् शल्याक्रियामा १० प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ ।
निःशुल्क आँखा जाँच गराउने सेवाग्राहीहरुको शल्याक्रिया समेत गरिएको थियो ।