विराटनगर । प्रहरीले मोरङको मिक्लाजुङ्ग गाउँपालिका–९ बाट ट्रक र ट्याक्टरमा तस्करी भईरहेको काठ बरामद गरेको छ । को १ ख ३११९ नम्बरको मिनी ट्रक र प्रदेश ०१–०४–००१ त ०४९६ नम्बरको ट्याक्टरमा बिना कागजातको काठ ल्याउँदे गर्दा प्रहरीले पक्राउ गरेको हो ।
नयाँ तथा पुरानो काठ बोकेका दुईवटा सवारीलाई गत पुस १२ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको थियो । मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार पक्राउ गरिएको काठ थप कारवाहीका लागि डिभिजन वन कार्यालय मधुमल्ला बुझाइएको छ । काछ ५१ हजार ५०० मूल्य बराबरको रहेको दावी छ ।