विराटनगर । रानी भन्सार छलेर विराटनगर ल्याइएको ठुलो परिमाणको तस्करीको कपडा बरामद गरिएको छ ।
विराटनगर-७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर भन्सार कार्यलय र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो ।
साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने गरेको खुलेको छ । सुनसरी र मोरङका क्यारिङ गर्नेहरू मार्फत भारतदेखि अवैध रूपमा ल्याएर तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पढाउने गरेका थिए ।
उनको विराटनगर ७ महावीर रोडमा कपडाको होलसेल पसल पनि रहेको छ । त्यही पसलबाट उनले कपडा विराटनगरसहित पूर्वको विभिन्न स्थानमा पठाउने गरेका थिए । साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालयको नियन्त्रणमा छ ।
एउटा ट्याक्टर र प्रहरीको बस भरिने गरी कपडा बरामद गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिए ।