केन्द्रिय अध्यक्ष गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोकसभा

<span class='c1'>केन्द्रिय अध्यक्ष गुरुङको निधन</span> <span class='c2'>प्रति सातवटै प्रदेशमा शोकसभा</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) की अध्यक्ष स्व. पबि गुरुङको निधन प्रति सातवटै प्रदेशमा शोक सभामा गरिएको छ ।

नाबुन केन्द्रीय अध्यक्ष गुरुङको निधन भएको आज ११ औं दिनमा ७ प्रदेश भरी जिफन्ट तथा सम्पुर्ण घटक युनियन साथै राष्ट्रिय सौदर्यकर्मी युनियनले श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सभा गरेको हो ।

यसैविच यता विराटनगरमा पनि शुक्रबार विहान जिफन्ट कार्यलयमा जिफन्ट प्रदेश नम्बर १, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालमा आवद्ध सम्पुर्ण सदस्यहरुको उपस्थितीमा शोक सभा गरेको छ । स्वर्गीय गुरुङको निधन प्रति उनको फोटोमा अविर र माल्यापर्ण गरी एक मिनेट मौन धारण समेत गरेर शोक मनाएको नेपाल ट्रेड युनियन महांसघ (जिफन्ट) प्रदेश १ अध्यक्ष किशोर धमालाले जानकारी दिए ।

गुरुङको निधन प्रति शुक्रबार सातै वटा प्रदेशमा श्रद्धाअञ्जली शोक गरेको जिफन्टले जनाएको छ । क्यान्सर पिडित रहेकी उनको गत पौष ५ गते निधन भएको थियो । पोखरामा भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियनको चौथो राष्ट्रिय अधिवेशनबाट हालको अध्यक्ष हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्