विराटनगरमा गुरुङ समुदायको साँस्कृतिक कार्यक्रम सहित तमु ल्होसार पर्व (फोटो फिचर)

<span class='c1'>विराटनगरमा गुरुङ समुदायको साँस्कृतिक कार्यक्रम सहित</span> <span class='c2'>तमु ल्होसार पर्व (फोटो फिचर)</span>

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउदै आएका छन् ।


यसै अवसरमा तमु ह्यूला छोज धीं महानगर कमिटिले विराटनगरमा विविध कार्यक्रम गरी यस पटकको तमु ल्होसार पर्व मनाएको छ ।
तमु ल्होसारको अवसरमा गुरुङ समुदायले भगवान बुद्धको पुजाआज गर्नुका साथै इष्टमित्र आफ्न्तसंग भेंटघाट गरी शुभकामना आदानप्रदान गर्नुका साथै नाचगान गरेर मनोरंजन गरेका थिए । कार्यक्रममा गुरुङ समुदायका अगुवा अर्मत गुरुङ, जङ्ग बहादुर गुरुङ, कविमान गुरुङ , राजेश गुरुङ लगायतले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।


पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी भएका थिए ।

 

तस्वीर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्