विराटनगरबाट प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ

विराटनगरबाट प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ

विराटनगर । मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट एभील-२६, डाइजेपाम-२०, डाइजेल्याब-५ र स्टिकर नभएको-२५ एम्फुल फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट-५० ट्याप्लेट फेला पारी चालक विराटनगर- १२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी-३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा-१० का २३ बर्षीय दिपेश थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्