पहुँचवालाको ‘एक्सिडेन्ट’ : उपचारपछि विराटनगर अस्पतालमै बन्धक भए बालक

पहुँचवालाको ‘एक्सिडेन्ट’ : उपचारपछि विराटनगर अस्पतालमै बन्धक भए बालक

विराटनगर । दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एकजना बालक अस्पतालबाट घर फर्किनबाट रोकिएका छन् । मोरङको सुन्दरहरैंचा १ पचामका १३ वर्षीय रुपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भईसक्दा समेत घर फर्किनबाट रोकिएका हुन् ।
मङ्सिर २ गते उनलाई स्कुटरले ठक्कर दिएर घाईते बनाएको थियो । घाईते बालकको आर्या न्यूरो अस्पताल विराटनगरमा उपचारका लागि भर्ना गरिएको थियो । त्यसयता उनी अस्पतालको शै्यामा छन् । गम्भीर घाईते उनको उपचारपछि स्वास्थ्यमा सुधार आईसकेको छ । चिकित्सकले घर लैजान सुझाव समेत दिईसकेका छन् ।

तर, दुर्घटना गराउने पक्ष अहिलेसम्म अस्पताल आईपुगेकै छैन । मोरङ सुन्दरहरैंचाका दिलकुमार खवासले चलाएको स्कूटी सीयाराम माझीको नाममा थियो । दिलकुमार खवाससँग लाइसेन्स समेत थिएन । त्यति हुँदा समेत बालकको उपचारको ग्यारेन्टी भने राज्यको निकायले हुने व्यवस्था गर्न नसक्दा घर फर्किन सकेका छैनन् ।
कक्षा ४ मा अध्ययनरत रुपेशका बुबा–आमा अछेकुमार र राजवती खवास घर र अस्पताल गरिरहेका छन् । ढेड महिना अगाडीदेखि उनीहरुको अस्पताल बसाईले दैनिक काम समेत रोकिएको छ । तर, दुर्घटना गराउने पक्षले उपचार वापतको रकम नबुझाएका कारण अझै कतिदिनसम्म विराटनगर छोड्न नपाईने भन्ने उनीहरुको यकिन छैन ।

खाना कता खाने, कसरी खाने यकिन छैन, बुबा अछेकुमारले भने–मेरो ढेडलाख खर्च भईसकेको छ, बाँकी पाँचलाख रुपिँया अस्पतालमा बुझाउन दवाव छ । अछेकुमारसँग आफ्नै स्वामित्वमा जग्गा जमिन छैन । उनी अरुको जग्गामा अँधिया खेति गर्दै आएका छन् ।
आर्या न्यूरो अस्पतालका सञ्चालक दिनेश ठाकुरका अनुसार बिरामीको उपचार गराएर आराम भईसक्दा समेत दुर्घटना गराउने पक्ष उपस्थित भएको छैन । अस्पताल प्रशासनले भने इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्र लेखेर दुर्घटनाको उपचार भईरहेको र सो वापतको भुक्तानी बाँकी रहेको जानकारी गराएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीले पीडकबाट पीडितको उपचार खर्च भराउने प्रयास गरिरहेको बुझिएको छ ।  तर, पहुँचवाला पीडक भएका कारण प्रहरी उतै मिल्दा परिवाररै असजिलोमा परेको पीडितहरुको भनाई छ । उनीहरुले पीडक कतिजना छन्, कसले जिम्मा लिने हो भन्नेसम्म धेरै जानकारी राखेका छैनन् । दुर्घटनाको बेला चालक रहेका दिलकुमार खवाससँग लाइसेन्स नभएको तर उनको स्थायी बसोबास कहाँनेर भन्ने जानकारी नभएको बताउँछन् । यस्तै अर्का सीयाराम माझी खवासको मोटरसाइकल दिलकुमारले चलाएको कुरा उनीहरुलाई थाहा छ । सीमायराम माझीको घरमा भएको स्कूटी अर्को कसैको नाममा रहेको पनि कुरा उनीहरुलाई भनिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्