प्रदेश १ मा सरकार गठनका लागि एमाले र माओवादीको दावी

प्रदेश १ मा सरकार गठनका लागि एमाले र माओवादीको दावी

विराटनगर । प्रदेश १ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ मा सरकार गठनका लागि आव्हान गरेसँंगै एमाले र माओवादी बीचै नेतृत्वको तानातान भइरहेको छ । आइतवार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरेका छन् ।

पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसके पनि तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले अब दोश्रो कार्यकालमा चौथो मुख्यमन्त्री पाउदैछ।
यसका लागि संघमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा गठबन्धन दल भित्रकै एमाले र माओवादीको प्रदेश सरकारको नेतृत्वका लागि दावी रहेको छ ।

यो पटक हामीलाई एमालेले सघाउनु पर्छ : माओवादी केन्द्र

प्रदेश सरकार गठनको पहिलो कार्यकालमा एमालेलाई सघाएको भन्दै माओवादी केन्द्रले यो कार्यकालमा आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आइरहेका छन । पहिले कार्यकालमा माओवादी केन्द्रले एमालेलाई सघाएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताए ।
यसपटक एमालेले माओवादी केन्द्रलाई सघाउनु पर्नेमा जोड दिदै उनले आ–आफ्नो पार्टी नेताहरूसँग छलफल भइरहेको बताए । प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बोले केन्द्रमा नेताहरूबीच बन्ने सहमतिविपरीत भने नजाने बताए

केन्द्रको निर्णय पर्खनुको विकल्प छैन: एमाले

प्रदेश १ मा ठूलो दल रहेको एमाले ठूलो दल भएकै हैसियतले पनि आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिन्छन् ।
प्रदेश सरकार गठनको पहिलो कार्यालय अर्थात स्थापना कालमा एमालेसँग बहुमत भएकाले आफू हरुले दाबी गरेको नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले बताए । उनले यो पटक कसैसँग बहुमत नभएकाले केन्द्रको निर्णय पर्खनुको विकल्प नरहेको उनले बताए ।

नेता कार्कीले नेकपा एकीकृत समाजवादीसहितको प्रदेश सरकार बन्नेसमेत बताए । उनले प्रदेशको संरचना बलियो बनाउनु पर्ने अवस्था रहेकाले सबै मिलेर सहमतिको सरकार बनाउनका लागि कांग्रेसलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेकाछ्न ।

यस्तो छ अंकगणित

प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो पार्टी बनेको छ । यस्तै प्रदेशको तेस्रो पाटी बनेको माओवादी केन्द्रसँग १३ सांसद छन् भने राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन् । अहिलेको सत्ता गठबन्धनमा ६० सांसद पुग्छ । नेकपा एस सँग ४ सांसद छ्न । एस सरकारमा जाने नजाने ठोस निर्णय आइसकेको छैन । केन्द्रको निर्णय अनुसार एकीकृत समाजवादी अगाडी बढ्ने मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताउदै आइरहेका छन ।
कुल ९३ सासद भएकाले सरकार बनाउन भने ४७ सांसदको आवश्यकता पर्छ । तर, कुनै दलसँग ४७ सांसद छैनन् । यता, प्रदेशको दोश्रो ठूलो दल काग्रेसका २९ सांसद रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्