विराटनगरमा स्कुटर चोरी पार्टपूर्जा खोलेर बिक्री गरेको आरोपमा पक्राउ

<span class='c1'>विराटनगरमा स्कुटर चोरी पार्टपूर्जा खोलेर</span> <span class='c2'>बिक्री गरेको आरोपमा पक्राउ</span>

विराटनगर । प्रहरीले अर्काको स्कुटर चोरी गरेर त्यसको पार्टपूर्जा बिक्री गर्दै आएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । विराटनगर–८ का २० वर्षीय सतिस मुखियालाई प्रहरीले चोरेको स्कुटरको पार्टपूर्जा खोलिरहेको अवस्थामा पक्राउ गरेर सार्वजानिक गरेको हो ।

गत पुस १४ गते मधुमाराबाट प्रदेश नम्बर ०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको थियो । स्कुटर हराएको सूचनापछि प्रहरीको खोजतलास गर्दा खोलिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार चोरीएको स्कुटरसहित मुखियालाई नियन्त्रणमा लिएर मोरङ जिल्ला अदालतबाट पाँच दिनका म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्