विराटनगरका सफाई मजदुरको वसन्तपुरमा वनभोज

<span class='c1'>विराटनगरका सफाई मजदुरको</span> <span class='c2'>वसन्तपुरमा वनभोज</span>

विराटनगर । सधैं विराटनगर महानगरपालिकालाई सरसफाई गर्दै आएका सफाई मजदुरले वसन्तपुर पुगेर एकदिन रमाइलो गर्ने अवसर पाएका छन् ।

विराटनगर महानगरपालिकाको साझेदारी संस्थाको रुपमा काम गर्दै आएको नेपाल फुलबारी वेस्ट थ्रीले आफ्नो कम्पनीमा आवद्ध भएर काम गर्दै आएका मजदुरलाई बनभोजको आयोजना गरेको हो ।

बिराटनगर महानगर १ देखि ५ र १९ नम्बर वडाको फोहोरमैला ब्यबस्थापन गर्दै आएको कम्पनीले दुईदिन अगाडी सबै कर्मचारी र कामदारलाई बसन्तपुरसम्म भ्रमण गराउँदै बनभोज कार्यक्रम आयोजना गरेको अध्यक्ष राजेश कटुवालले जानकारी दिएका छन् । यसरी बनभोजमा बसन्तपुर पुगेका सफाई मजदुरहरुले कसरी वातावरणलाई सफा र सुन्दर बनाउन सकिन्छ भन्ने ज्ञान समेत हाँसिल गरेको दावी छ ।

सस्थाका सल्लाहकार उत्तम निरौलाका अनुसार बनभोज खाईसकेपछि त्यहाँको समेत सरसफाई गरेर मात्रै टोलि फर्किएको थियो । संस्थामा आवद्ध कर्मचारी तथा कामदारलाई एकै स्थानमा यसरी मनोरञ्जनसहितको कार्यक्रम आयोजना गर्दा अनुभव आदान–प्रदानसँगै सामुहिकतामा बल पुग्ने दावी गरिएको छ । कामदारहरुले महानगरपालिकाको सफाईमा नमूना काम गर्ने प्रतिवद्धता जाहेर गरेको सल्लाहाकार निरौलाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्