प्रदेश १ : प्रदेश प्रमुखमा एमालेका पुरानो नेताको चासो

<span class='c1'>प्रदेश १ : प्रदेश प्रमुखमा</span> <span class='c2'>एमालेका पुरानो नेताको चासो</span>

विराटनगर । प्रदेश १ मा एमालेका पुराना नेताहरु प्रदेश प्रमुखको अपेक्षासहित दौडमा छन् ।

पछिल्लो समय संघमा फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा पनि सोही अनुरुप नेताहरुको लविङ सुरु गरेका छन् ।
प्रदेश प्रमुखसमेत परिवर्तन गर्नेगरी सत्तारुढ गठबन्धनले तयारी गरेको छ । प्रदेश १ का पुराना नेता गोपाल गुरागाईं र इन्द्रजीत राईसमेतले प्रदेश प्रमुखमा इच्छा व्यक्त गरेका छन् ।

२०४८ सालको निर्वाचनमा सूर्यबहादुर थापालाई धनकुटाबाट हराएर चर्चामा आएका गोपाल गुरागाईं प्रदेश १ का पुराना नेता हुन् । चुनाव लड्न नसक्ने बताउदै उनले आफूलाई मिल्दोजुल्दो जिम्मेवारी आए लिन इच्छुक रहेको बताउछन् ।

त्यस्तै सैन्य विज्ञ हुँदै नेकपा माओवादीले संविधानसभा सदस्यसमेत बनाएको भोजपुरका इन्द्रजित राई पनि प्रदेश प्रमुख हुन इच्छा व्यक्त गरेको एमाले स्रोतले जनाएको छ । उनी पछिल्लो समय एमालेमा प्रवेश गरेका माओवादी नेता रामबहादुर थापा (बादल)सँगै एमालेमा आएका हुन् । ७ वटा प्रदेशमा अहिले जसपा, नेकपा माओवादी, काँग्रेस र नेकपा एकीकृत समाजवादीको भागबण्डामा प्रदेश प्रमुख छन् ।

गठबन्धन फेरिएसँगै एमालेले प्रदेश प्रमुख पनि फेरबदल चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्