विराटनगरमा विराट सडक महोत्सव माघ १२ देखि १४ गतेसम्म

विराटनगरमा विराट सडक महोत्सव माघ १२ देखि १४ गतेसम्म

विराटनगर । विराटनगरमा विराट सडक महोत्सव आयोजना हुने भएको छ। आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी लगायतका कारणले विगतका दुई वर्ष कार्यक्रम आयोजना हुन सकेन्।

महोत्सवमा राजवंशी, मैथिल, लिम्बु र नेवार लगायतका विभिन्न जातजातिको सांस्कृतिक सभ्यता झल्किने प्रकृतिका कार्यक्रमहरू समेत रहने आयोजकले जानकारी दिएको छ ।

माघ १२ देखि सुरु हुने सडक महोत्सव माघ १४ गतेसम्म चल्ने आयोजकले जनाएको छ। ३१ लाख खर्च हुने अनुमान गरिएको सडक महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले गर्ने तयारी छ। सडक महोत्सवको मुख्य प्रर्वद्धक पनि महानगरपालिका नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्