झापाको सताक्षीधाम मन्दिरको चारवटा दानपेटीका चोरी

झापाको सताक्षीधाम मन्दिरको चारवटा दानपेटीका चोरी

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको चारवटा दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो ।

सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका भने सिंगै हराएको छ । फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यही लिएर भागेको हुनसक्ने आशंका गरिएको छ ।

बालचर्तुदर्शीका भेटीहरू सङ्कलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताउनुभयो । नेपाल र भारतबाट दैनिक सयौं भक्तजनहरू सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि यहाँ आउने गरेका छन् । दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन ।

सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको जनाइएको छ । दानपेटीका चोरी भएको विषयमा मन्दिर व्यवस्थापन समितिले अनुसन्धान गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्