विराटनगर महानगरद्वारा सरसफाईकर्मीका लागि तालिम सञ्चालन

<span class='c1'>विराटनगर महानगरद्वारा सरसफाईकर्मीका</span> <span class='c2'>लागि तालिम सञ्चालन</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताउनुभयो ।

उहाँले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूणर् भूमिका हुने उल्लेख गर्नुभयो । “तपाईं सफाईकर्मीहरु विराटनगर महानगरको मेरुदण्ड हो,” मेयर कोइरालाले भन्नुभयो, “यदि तपाईंहरुले जिम्मेवार भएर काम गर्नु भएन भने त्यसको सम्पूणर् दोष महानगरपालिकामाथि आइपर्छ । त्यसो भएकाले तपाईंहरु अझै राम्रो किसिमबाट काम गर्नुहोस् ।” सफाईका क्षेत्रमा निकै महत्वपूणर् कार्य भएको बताउँदै उहाँले अझै राम्रो गर्न दिर्नेशनसमेत दिनुभयो । स्वास्थ्यलाई ध्यान दिएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गर्नु भएको थियो । तालिममा महानगरका ४० जना सरसफाईकर्मी सहभागी भएको तालिमको व्यवस्थापक किरण न्यौपानेले जानकारी दिनुभयो ।

तालिम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊ सम्बन्धी जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्