फोनमा केन्द्रको घण्टी कुर्दै प्रदेश मुख्यमन्त्रीका आकांक्षी

<span class='c1'>फोनमा केन्द्रको घण्टी कुर्दै</span> <span class='c2'>प्रदेश मुख्यमन्त्रीका आकांक्षी</span>

सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै यतिबेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु गृहकार्यमा जुटेका छन् ।

प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बुहमत छैन । त्यसो हुँदा संघको राजनीतिक समिकरण अनुसार प्रदेश १ मा एमाले र माओवादी केन्द्र बहुमत जुटाएर मुख्यमन्त्रीको दावी पेस गर्ने दौडमा लागिरहेका हुन् । बहुमतसहित दाबी पेश गर्न नेकपा एमाले,माओवादी केन्द्र, राप्रपा र जसपाले गृहकार्य थालेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेसँग ४०, जसपासँग १ जना समानुपातिक सांसद र राप्रपासँग ४ जना सांसद छन् । भने, संघको सत्ता समिकरण अनुसार माओवादी केन्द्रको १३ सिट गरि नयाँ सत्ता गठबन्धनको ६० मत रहेको छ ।
प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठन गर्नका लागि पुस २४ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन् । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

छलफलमा जुट्दै दलका नेताहरु
प्रदेश १ सरकार गठनको विषयमा दलहरुबीच छुट्टाछुट्टै छलफल भइरहेको नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए । केन्द्रको गठबन्धन गरेका दलहरुकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरुसँग छलफल भइरहेको उनले बताए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि छुट्टा–छुट्टै अनौपचारिक छलफल भएपनि संयुक्त ढंगले छलफल सुरु नभएको बताए । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका आङ्बोले प्रदेश १ कसको नेतृत्वमा बन्छ भन्ने विषयको टुंगो लागेपछि घनिभूतरुपमा छलफल हुने बताए । उनले निर्धारित समयसीमा भित्रै सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष जाने जानकारी दिए । यता, जसपाकी एक्ली सांसद निर्मला लिम्बूले भने केन्द्रमा दलको बैठक हुँदै गरेको बताउदै उनले सरकारलाई समर्थन गरेर जाने या नजाने भन्ने कुनै ठोस निर्णय नभएको बताइन् ।
‘हाम्रो दलको बैठक बसिरहेको छ, चुनावी समिक्षसहितको सरकारमा जाने नजाने भन्ने विषयको ठोस निर्णय भइसकेको छैन’, उनले भनिन्,‘ सरकार गठनको विषयमा मैले अहिले यसै बोल्न चाहिन, बैठकबाट के निष्कर्ष आँउछ अनि कुरा गर्नेछु ।’

नेतृत्वमा दुवै दलको दाबी
प्रदेश १ मा प्रदेश सरकारको नेतृत्वमा सत्ता गठबन्धन दल भित्रको एमाले र माओवादी केन्द्रको दाबी रहेको छ । मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेका संसदीय दलका नेता हिक्कमत कुमार कार्कीको दाबी रहेको छ । त्यसो त प्रदेश तहबाट दाबी गरेका नेताहरुले केन्द्रीय नेतृत्वलाई पनि दबाब दिइरहेका छन् । भने, केन्द्रको निर्णयको पर्खाइमा रहेको दुई दलका नेताहरु आफू नेतृत्वको सरकार बन्नुपर्छ भन्नेमा दबाव पेस गर्न समिति नै गठन गरेका छन् । माओवादी केन्द्रले राम कार्कीको नेतृत्वमा समिति बनाएको छ । भने, नेकपा एमालेले प्रदेश संसदीय दलको नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा समिति बनाएको छ ।

केन्द्रीय तहमा भएको भागवण्डा अनुसार नै प्रदेशमा अगाडि बढ्ने बताउदै आए पनि मओवादी केन्द्रले अघिल्लो कार्यकालमा भागबण्डामा प्रदेश प्रमुख देखि मुख्यमन्त्रीसमेत एमालेलाई छोडदिएको हुँदा यो पटक मओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा मन्त्री आङ्बो जोड दिदै आइरहेका छन् । त्यसो त भागबण्डाको टुंगो पनि केन्द्रको निर्णय कुरिहरेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको भनाई छ ।

यस्तो छ प्रदेशसभामा सांसदहरुको अंकगणित
प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभामा छन् । जसमा सबैभन्दा ठूलो दल नेकपा एमाले रहेको छ । एमालेसँग ४० सांसद छन् । दाश्रो ठूलो दल नेपाली कांग्रेस रहेको छ । काँग्रेससँग २९ जना सांसद छन् । भने तेश्रो ठूलो दल रहेको नेकपा माओवादी केन्द्रसँग १३ जना सांसद छन् । यस्तै चौथो स्थानमा रहेको राप्रपासँग ६ जना सांसद छन् । नेकपा एकिकृत समाजवादी पार्टीको ४ र जसपाको १ जना सांसद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्