विराटनगर । नेपाल इन्भेष्टमेन्ट बैंक र विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल बीच छुट सम्झौता भएको छ ।
बैंक र अस्पताल बीच सोमबार छुट सम्झौता भएको नेपाल इन्भेष्टमेन्ट बैँकका सम्पर्क अधिकृत समिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट बैँकमा खाता भएका सेवाग्राहीहरुले विराट मेडिकल अस्पतालमा सबै खाल्का स्वास्थ्य परिक्षणमा १० प्रतिशत व्यवस्था गरिएको छ ।
यस्तैगरी न्युरो अस्पताल र कार्डियो बीच छुट सम्झौता भएको श्रेष्ठले जानकारी दिए । सो अस्पतालमा सबै खाल्का स्वास्थ्य परिक्षणमा १० प्रतिशत छुट रहेको उनले बताए । उनको अनुसार ल्याब टेष्टमा १० देखि ५० प्रतिशत छुट रहेको छ । न्युरो अपस्ताको तर्फबाट राजेश अप्रेशन डाइरेक्टर राजेश भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । भने, विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको तर्फबाट अस्पताल सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेका छन् ।
बैंकको तर्फबाट प्रदेश प्रमुख जिपेश थापा र विराटनगर शाखा प्रमुख सोमप्रकाश अधिकारीको रोहभरमा बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले हस्ताक्षर गरेको श्रेष्ठले जानकारी दिए।