कोरियन सरकारको आइ. टि. वर्कसपमा भाग लिन विराटनगरको एस्पायर कलेजका विद्यार्थी सिन्धुली प्रस्थान

कोरियन सरकारको आइ. टि. वर्कसपमा भाग लिन विराटनगरको एस्पायर कलेजका विद्यार्थी सिन्धुली प्रस्थान

विराटनगर । दक्षिण कोरिया सरकारले व्यस्थापन गरेको 'एलयुपीआईसी' प्रोजेक्ट सॅंग सहकार्य गरेर काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको ३ दिने कार्यशाला गोष्ठीमा एस्पायर कलेज,काठमाडौं बिश्वविद्यालय 'बी टेक एड आइटी' कार्यक्रममा अध्ययनरत विद्यार्थीहरू सिन्धुली प्रस्थान गरेका छन् ।

'बी टेक एड आइटी' का कोअर्डिनेटर खेमनाथ खतिवडाको नेतृत्वमा ३० जना विद्यार्थी सहितको टोलि सिन्धुली प्रस्थान गरेको हो ।

सिन्धुलीको गणपती होटलमा सम्पन्न हुने कार्यक्रममा कोरियन बिश्वविद्यालय प्रोफेसर, विद्यार्थी, काठमाडौं बिश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र कम्प्युटर साइन्सका प्रोफेसर लगायतको सहभागितामा गोष्ठी सम्पन्न हुने छ ।

उक्त कार्यशाला गोष्ठीमा, डाटा माइनिङ, आर्टिफिसियल इन्टेलिजेन्स, माइक्रोसफ्ट म्याथम्याटिक्स ,नेटवर्किङ र डिजिटल लजिक सम्बन्धि बिषयमा तालिम तथा गहन छलफल हुनेछ भने उक्त गोष्ठीमा सहभागी विद्यार्थीहरुले सिकेका कुरा व्यवहारमा उतार्ने छन् ।

यस्ता प्रभावकारी कार्यक्रमहरु बर्ष भरी नै चलिनै रहने र प्रभावकारी सिकाइको प्रक्रियालाई अझ बढाउदै लैजाने कलेजको योजना रहेको एस्पायर कलेजका प्रिन्सिपल सि. एम. बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्