सुनसरी देवानगञ्जका २३ युवा एजेन्टबाट ठगिए

सुनसरी देवानगञ्जका २३ युवा एजेन्टबाट ठगिए

विराटनगर । सुनसरीको देवानगञ्जका २३ जना युवा एजेन्टको फन्दामा परेर मलेसिया पुगेपछि बिचल्लीमा परेका छन् ।

फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएका उनीहरुसँग एजेन्टले रकम समेत लिएको खुलेको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा बबियाका विजय मेहताले एउटै गाउँका २३ जनालाई नराम्रोसँग फसाएका हुन् । गणेशका तीनजना भतिजाहरु समेत त्यहि लटमा मलेसिया पुगेका छन् । उनीहरुले बारम्बार नेपाल फकाईदिन माग गर्दै आएका छन् ।

मेहताले सरकारी श्रम सुविधा फ्रि भिसा, फ्रि टिकटमा उनीहरुलाई मलेसिया पठाएका हुन् । तर, उनीहरुबाट तीनलाखदेखि ३ लाख ५० हजार रुपिँयासम्म पैसा समेत लिएका छन् । पैसा लिँदा समेत एनआईसी एशिया बैंकको नक्कली भौचर, नक्कली छाप प्रयोग गरेको आशंका छ । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिएको सुविधामै गएका उनीहरुसँग पैसा असुलेर पठाइएपनि भनेजस्तो काम र सेवा सुविधा छैन ।

आफ्ना तीनजना भतिजा सन्तोस, सुवोध र दयानन्दलाई सुरुमा फ्रि भिसा, फ्रि टिकटमा पठाउने भन्दै त्यसको न्यूनतम लागत माग गरेका थिए । कागजात लिएर गएका मेहताले भिसा लागेपछि भने तीनलाख ५० हजार रुपिँया लाग्ने भन्दै रकम असुलेको गणेशको भनाई छ ।
उनीहरुलाइ स्काई फममा काम लगाउने भनिएको थियो । काम त्यहि भएपनि चार महिनादेखि तलव नपाएको तथा खान र बस्ने सुविधा नहुँदा उनीहरुको बिजोग भएको छ । उनीहरुले आफूहरुलाई नेपाल फकाई दिन माग गर्दै गुनासोहरु सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गरेका छन् । गणेशका अनुसार यस विषयमा मंगलबार नै जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराइएको छ ।

उनीहरुलाई द्धितिया इन्टरनेशनल कम्पनीले श्रम विभागबाट पाएको कोटामा विदेश पठाएका विजय मेहताले भने आफूलाई पनि फसाएको गुनासो गरेका छन् । उनले सुरुमा पैसा नलाग्ने भनेपनि पछि सहमति र समझदारीमै विदेश जानेहरुले पैसा दिएको बताएका छन् । सबै राम्रो भएपनि ओभर टाइम काम नपाउँदा अहिले आएर गुनासो गरेको मेहताले बताए । ‘म गाउँमा आएर अभिभावकसँग सबै कुरा फेस गर्छ, अहिले मलाई देश भित्र बस्ने वातावरण दिउन्’ उनले भने–सुरुमा सबैले सहमति जनाएर काम गर्न जाने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्