प्रदेश १ सरकारद्धारा विराटनगरको पोखरिया मावि सहित १४ सामुदायिक विद्यालयलाई सम्मान

<span class='c1'>प्रदेश १ सरकारद्धारा विराटनगरको पोखरिया मावि</span> <span class='c2'>सहित १४ सामुदायिक विद्यालयलाई सम्मान</span>

विराटनगर । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक विद्याविद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उत्कृष्ट व्यवस्थापनमा सफल भएका १४ सामुदायिक माध्यमिक विद्यालयलाई प्रतिविद्यालय रु १४ लाख ५० हजार र १३ आधारभूत विद्यालयलाई प्रतिविद्यालय रु नौ लाख ७५ हजार र शिल्ड एवं प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

यसरी सम्मानित हुने सामुदायिक विद्यालयहरूमा भानुजनमावि ताप्लेजुङ, फिदिम मावि फिदिम, भानुभक्त मावि मङ्गलबारे इलाम, धुलाबारी मावि मेचीनगर झापा, पोखरिया मावि विराटनगर, जनता मावि इटहरी, भानुमावि डाँडाबजार सागुरीगढी धनकुटा, वसन्त मावि वसन्तपुर तेह्रथुम, वीरेन्द्र मावि भोजपुर, मनकामना रत्न अम्बिका मावि खाँदबारी सङ्खुवासभा, केदार मावि सोलुखुम्बु, बरुणेश्वर मावि रामपुर ओखलढुङ्गा, जनजागृति मावि खोटाङ र जनता मावि उदयपुर रहेका छन् ।

यसैगरी सम्मानित हुने आधारभूत विद्यालयमा हिमालय विद्यालय ताप्लेजुङ, त्रिभुवन विद्यालय पाँचथर, भवानी विद्यालय पञ्चकन्या इलाम, गरमकाली विद्यालय झापा, रवि विद्यालय ग्रामथान मोरङ, जलदेवी विद्यालय सुनसरी, जनकल्याण विद्यालय धनकुटा, सरस्वती विद्यालय सुर्के तेह्रथुम, जनसेवा विद्यालय भोेजपुर, लक्ष्मी विद्यालय खाँदबारी सङ्खुवासभा, वासुकी विद्यालय सोलुखुम्बु, जाल्पा विद्यालय खोटाङ र जनप्रेमी विद्यालय उदयपुर रहेका छन् ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले विद्यालयलाई पुरस्कृत गर्दै शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले सबै विद्यार्थीलाई समान व्यवहार गर्ने गरेको हुनाले मुलुकमा चिकित्सक, पाइलट, इन्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रवाह गर्नमा निजीभन्दा कुनै किसिमले कम नभएको भन्दै वर्तमान अवस्थामा सङ्घीय, प्रदेश र स्थानीय तहमा भएका जनशक्ति समुदायिक विद्यालयको उत्पादन भएको विचार राख्नुभयो ।

उहाँले सामुदायिक विद्यालय थप गुणस्तरीय शिक्षा समाजमा प्रदान गर्न आवश्यक पर्ने प्रयोगात्मक र सूचना प्रविधिको भौतिक सामग्री उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सामाजिक विकासमन्त्री राजन राईले सामुदायिक विद्यालय ज्ञानको भण्डार भएकाले यसबाट उत्पादित जनशक्तिले मुलुकको विकासमा ठूलो योगदान पु¥याएको विचार राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्