विराटनगर । विराटनगरको पिपल चौकस्थित तनश्का फेसन ईन्स्चिट्युटमा फेसन डिजाईनिगं सम्बन्धि अध्यापन सुरु भएको छ ।
ईन्स्चिट्युटको पहिलो कोर्सका रुपमा फेसन डिजाईनिङको कक्षा सुरु भएको हो ।
उक्त कोर्समा फेसन डिजाईनर बनिशा शर्मा कट्टेलले मुख्य प्रशिक्षकका रुपमा अध्यापन गराउने भएकी हुन् । यस कोर्सको अवधी ३ महिनाको रहने फेसन ईन्स्चिट्युट जनाएको छ । उक्त कोर्समा समावेश भएका विद्यार्थीहरुले फेसन डिजाईनिगंका विभिन्न क्षेत्रका विषयमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न प्रकारका पहिरनहरु डिजाईन गर्न र तयार पार्न सक्ने डिजाईनर कट्टेलले बताइन।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) बाट मान्यता प्राप्त तनश्का फेसन स्टुडियोले संचालनमा ल्याएको ईन्स्चिट्युटले फेसनसँग सम्बन्धित विभिन्न कोर्स तथा तालिमहरु संचालनमा ल्याउने उद्देश्य राखेको छ ।
तनश्का फेसन स्टुडियोले डिजाईनर कट्टेलले तयार पारेको विभिन्न डिजाईनर पहिरनहरु देश तथा विदेशमा समेत बिक्रि वितरण गर्दै आएको छ ।