विराटनगर संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ

<span class='c1'>विराटनगर संजीवनी हस्पिटलका संचालक दिवाकर</span> <span class='c2'>यादव बलात्कार आरोपमा पक्राउ</span>

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा।लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।

सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय नर्सलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

ती नर्सलाई भदौ २१ गते साढे १२ बजे दिउँसो विराटनगरस्थित डेरामा जवरजस्ती करणी गरी कुटपिट गरेको आरोप छ । यादव विरुद्ध ती नर्सले मोरङ प्रहरीमा जवरजस्ती करणीमा भदौ अन्तिम तिर जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरी आधारमा निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जवरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरू गरेको उनले बताए ।

यादव विरामी भएपछि उनलाई अहिले मोरङ सहकारी हस्पिटलमा राखेर उपचार सुरू गरिएको छ । नर्स र यादव ७ वर्षदेखि लिभिङ्ग टुगेदरमा बस्दै आएकी थिइन् । उनीहरूको चिनजान २०७० सालमा भएको हो । इनरुवाको एक हस्पिटलमा काम गर्ने क्रममा उनीहरूको चिनजान भएको थियो । यादव विवाहित हुन् । नर्स अविवाहित हुन् । इनरुवाको एक हस्पिटलमा भेटघाट भएपछि उनीहरू नजिकिएर थिए ।

यादवले धाक धम्की दिदै पटक पटक बलत्कार गरेको आरोप छ । ‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जवरजस्ती करणाी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाकधम्की दिइ करणी गर्नुभयो । म रोइकराइ गर्दा मलाइ लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकीले थापा पाइ हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिए,’ ती नर्सले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

प्रहरीमा जाहेरी हालेपछि यादव फारर थिए । यादवले संजीवनि हस्पिटलमा ७० प्रतिशत अर्थात ४ करोड रुपैयाँ सेयर हालेर प्रमुख भएर भित्रिएका थिए । उनी आएको ४ महिना हस्पिटल राम्रोसँग चलेपछि सेयर संचालकहरूबीचको विवादको कारणले बजारको ४० करोड रुपैयाँ ऋण नतिरी कार्तिकमा बन्द भएको छ । ४० करोड मध्ये २ करोड रुपैयाँ भन्दा बढी चिकित्सक र स्वास्थ्यकमीहरुको पैसाँ दिन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्