जापान पठाउने भन्दै २ करोड ८० लाख असुलेर सुनवर्षीका एक व्यक्ति फरार, खोज्दै प्रहरी

<span class='c1'>जापान पठाउने भन्दै २ करोड ८० लाख</span> <span class='c2'>असुलेर सुनवर्षीका एक व्यक्ति फरार, खोज्दै प्रहरी</span>

विराटनगर । वैदेशिक रोजगारीमा जापान पठाई दिने भन्दै मोरङको रंगेली तथा सुनवर्षी नगरपालिकाका युवाहरुबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन् । रंगेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाहरुबाट २ करोड ७९ लाख ३० हजार बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजबंशीसहितको समूह फरार भएका हुन् ।

मोरङको रंगेली नगरपालिका–९ का हरि राजबंशीका अनुसार ठगिमा पर्नेमध्ये ४६ जनाले बुधबार जिल्ला प्रशासन कार्याालय मोरङमा निवेदन दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी कार्यालयलाई सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउन निर्देशन भईसकेको छ । मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले सम्बन्धित व्यक्ति उपरको अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । उहाँले उजुरीमा उल्लेखित व्यक्तिहरु फरार रहेकोले खोजतलास सुरु गरिएको बताउनुभयो ।

बिहीबार अन्य पीडितहरु रकम फिर्ता माग्दै अजय राजबंशीको घरमा पुगेका थिए । तर, त्यहाँ परिवारका अन्य सदस्य समेत नभेटिएको पीडित हरि राजबंशीले जानकारी दिनुभयो । पीडित राजबंशीका अनुसार अजय राजबंशीले आफ्नोसहित भाई रन्जित, बुहारी अनुराधा र बहिनी विद्याकुमारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएका थिए । त्यस बाहेक चितवन घर भएका राजेन्द्र अधिकारीको नामको खातामा समेत रकम जम्मा गरिएको पीडितहरुको भनाई छ ।

जापान पठाउने भन्दै रकम जम्मा गराएपछि अजयसहित सम्पूर्ण परिवारहरु अहिले बेखबर बनेको पीडितको गुनासो छ । पीडितको संख्या बढ्दै गएकोले एकसय जनाबाट रकम असुलेको हुनसक्ने अनुमान गरिएको छ । मलाई सात लाख जम्मा गर्न लगाइएको थियो, पीडित हरि राजबंशीले भन्नुभयो–अन्य केहिले २० लाख, १६ लाख सम्म पनि जम्मा गरेको भौचर लिएर आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्