उत्पादनको मूल्य श्रृंखलापात्रबीच विजनेश टु बिजनेश कार्यक्रम

<span class='c1'>उत्पादनको मूल्य श्रृंखलापात्रबीच विजनेश</span> <span class='c2'>टु बिजनेश कार्यक्रम</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले उत्पादनको मूल्य श्रृंखलापाहरुबीच विजनेश टु बिजनेश कार्यक्रम सुरु गरेको छ ।
कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंको सहकार्यमा स्थानीय रुपमा राम्रो व्यापार हुने गरेका कृषि उपज दुग्ध र मासुजन्य उत्पादनको मुल्य श्रृंखलापात्रहरुबीच व्यवसायीक सम्बन्ध स्थापना विकास यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

विराटनगर महानगरपालिका वडा नं. ४, इक्राहीमा बिहीबार आयोजना गरिएको कार्यक्रममा स्थानीय उत्पादक व्यवसायीबीच छलफल चलाइएको थियो । कार्यक्रममा विराटनगर दुग्घ वितरण आयोजना अधिकृत विनोद चौधरी, जीवन विकास डेरीका प्रबन्धक विनोद नेपाल, सुर्योदय मिल्क एण्ड बेभेरेज प्रालीका प्रतिनिधि गुरु प्रसाद अधिकारी, शिवम् डेरी एण्ड फुड प्रालीका उत्पादन प्रमुख विजय तबदारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तुलागंगा कृषि फार्मका संचालक विष्णु दुलालले दुग्ध व्यवसायीहरुको उत्पादन लागत बढ्न गई व्यवसाय संचालनमा समस्या भोगिरहेको बताउनु भयो । भोला कृषि फार्मका संचालक भोला यादवले कोरोना कालमा दुग्ध उत्पादकहरुप्रति उद्योगीहरुले गरेको व्यवहारले दुखित बनाएको कुरा बताउनु भयो । उक्त कार्यक्रममा सो क्षेत्रका ३५ जना भन्दा बढी दुग्ध उत्पादकहरुको सहभागिता रहेको थियो ।

त्यस्तै मासुजन्य उत्पादक र व्यवसायी वीचको अन्तक्रिया कार्यक्रममा मासु व्यवसायी संघ मोरङका अध्यक्ष सुभाषचन्द्र शिवाकोटी, सदस्य रोशन बन र टंक प्रसाद गौतम सहित ३० जनाको उपस्थिती रहेको थियो । मासु उत्पादकहरुबाट कुखुरा, खसीमा लाग्ने दानाको मूल्य बारम्बार बृद्धि हुनाका कारण व्यवसाय धान्न धौ धौ परेको बताउनु भयो । कार्यक्रममा व्यवस्थित बधशाला र कोल्ड स्टोरेजको आवश्यकता र खुला सिमाका कारण आयातित कुखुरा, खशीले मुल्य श्रृखंलामा असर परेको कुराको सहभागिहरुले उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्