प्रहरीद्वारा विराटनगरको घरेलुु मदिरा बनाउने स्थानमा छापा

<span class='c1'>प्रहरीद्वारा विराटनगरको घरेलुु मदिरा</span> <span class='c2'>बनाउने स्थानमा छापा</span>

विराटनगर । घरेलुु मदिरा बनाउने ठाउँबाट प्रहरीले भाडाकुडासहित मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय मोरङका प्रमुख डिएसपी दिपेन्द्र पन्जियार थारुको नेतृत्वले विराटनगर १२ मंगलबारेबाट मदिरा बनाउने कच्चापदार्थसहित मदिरा बरामद गरेको हो ।

प्रहरीले घरेलु दुई हजार ८ सय ८० लिटर कच्चा पदार्थ, एक सय २५ लिटर मदिरा साथै मदिरा बनाउने भाडाकुडा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यलय विराटनगरमा बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्