प्रदेश १ मा माओवादी केन्द्रभित्रै मन्त्रीको तानातान, एकले अर्कालाई खुइँल्याउँदै

प्रदेश १ मा माओवादी केन्द्रभित्रै मन्त्रीको तानातान, एकले अर्कालाई खुइँल्याउँदै

विराटनगर । नेकपा माओवादी प्रदेश १ मा मन्त्रीको तानातान सुरु भएको छ । मन्त्री बन्ने योजनामा एकले अर्कोलाई छेक्नेदेखि खुइँल्याउँनेसम्मको काम सुरु गरिएको हो ।

यद्यपी सरकार गठनको प्रक्रिया सुरु भएपनि त्यसको मोडालिटी र कुन दलको नेतृत्व भन्ने अझैसम्म यकिन भएको छैन । प्रदेश १ संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादर आङ्बोले अहिले नै सरकार गठनको विषयमा कुनै निणर्य नभईसकेकोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् ।

उनले पछिल्लो समय प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रमा पार्टी भित्रै आन्तरिक विवाद देखिएको विषयलाई केन्द्रीत गर्दै समय अगावै कसैले कसैलाई दावी वा विरोधीको रुपमा नउभ्याउन आग्रह गरेका हुन् । संसदीय दलका नेताले सोही विषयलाई लिएर समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अफवाहको पछि नकुद्न आग्रह गरेका हुन् ।

उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार दलहरुबीच कुनै निणर्य र सहमति नभइसकेको, केन्द्रमा सहमति नभइ प्रदेशस्तरमा अनौपचारिक बाहेक कुनै निणर्ायक छलफल अगाडि नबढेको समेत बताएका छन् । ‘केन्द्रीय स्तरमा सहमति हुने बिसयनै टुंगोमा नपुगी प्रदेश स्तरमा अनौपचारिक बाहेक कुनै निणर्ायक छलफल अगाडि बढ्ने कुरो भएन,’ उनले लेखेका छन्,‘३ प्रदेश पार्टी र संसदिय दल भित्र कोहि ब्यक्ति र पात्रले प्राप्त गर्ने जिम्मेवारीको बारेमा कुनै छलफल प्रारम्भ भएको छैन।’

पार्टीको माथिल्लो निकाय वा पदाधिकारीहरुबाट कोहि निश्चित पात्र विशेषको निम्ति कुनै प्रस्ताब,दबाब वा निर्देशन नआएको बताउदै जनताको बीचमा हजारौं सपना बाढेर निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले कार्यकारी निकायमा बसेर जनताको सेवा गर्ने चाहनालाई कसैले अन्यथा नठानी भ्रम र अफवाहको पछि नलाग्ने बताएका छन् ।

प्रदेश १ मा हालसम्म सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको टुंगो लागेको छैन । तर, माओवादी केन्द्रमा भने यसैको विषयमा विवाद सुरु भएको छ । माओवादीका प्रदेश १ सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेपछि सो विषय चुलिएको हो ।

उप्रेतीले राजनीतिक निणर्य र राजनीतिक पहलकदमी लिएकै राम्रो भन्दै उनले सामाजिक संजालमा स्टाटस लेखेका छने । उनले लेखकेका छन, ‘त्यसभित्रे अराजनीतिक र मूल्य मान्यता नाघेर निणर्यहरु लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’

मन्त्रीका लागि दलभित्रै होडबाजी

प्रदेश १ का प्रदेश प्रमुख पर्शराम खापुङले नयाँ सरकार गठनका लागि पुष २४ गते ५ बजेसम्मका लागि आव्हान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखबाट आव्हान भएको छ । नयाँ सरकार गठन गर्ने समय तीन दिनमा मात्रै बाँकी रहँदा माओवादी केन्द्रका दुई नेताबीच मन्त्री बन्ने होडबाजी छ । प्रदेश १ मा माओवादी केन्द्रको भागमा पर्ने सम्भावित ४ मन्त्रालयमध्ये कसले नेतृत्व गेर्न भन्नेमा होडबाजी चलिरहेको छ ।

को को छन आकांक्षी ?

प्रदेश १ मा मओवादी केन्द्रको प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित १३ सांसद छन् । जसमध्ये ५ जना मन्त्री बन्ने लाइनमा छन् । माओवादीबाट तेह्रथुमका दुर्गा चापागाईं, संखुवासभाका राजेन्द्र कार्की, उदयपुरका राम राना मगर, सोलुखुम्बुका गोम्बु शेर्पा, मोरङका जीवन आचार्य र उप्रेती तथा गीता तिम्सिना मन्त्री बन्ने लाइनमा छन् । मोरङबाट आचार्य, उप्रेती र तिम्सिनामध्ये एक जनामात्रै पर्ने भएको कारण उनीहरुबीच तीब्र प्रतिस्पर्धा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्