प्रदेश प्रमुख परशुराम खापुङद्वारा ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण

प्रदेश प्रमुख परशुराम खापुङद्वारा ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण

विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गर्नुभएको छ ।
विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन गर्नुभएको हो ।

ग्रन्थको विमोचन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले मानिस समाजबिना बाँच्न नसक्ने बताउनुभएको छ । समाजलाई सुसंस्कृत बनाउनमा पण्डित श्री घनश्याम पोखरेलको विशेष योगदान रहेको प्रदेश प्रमुखज्यूले मन्तव्यका क्रममा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, स्वामी गोपालाचार्य, कविराज न्यौपाने, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल, रमेश घिमिरे, सहप्राध्यापक डा. सागरमणि सुवेदी, ग्रन्थका सम्पादक डा. रघुनाथ नेपाल र प्रदेशसभाका सांसद भीम आचार्यले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा श्री उज्ज्वल अचार्यलाई पण्डित श्री घनश्याम पोखरेल मेधावी छात्र पुरस्कार २०७९ प्रमुख अतिथिको हस्तवाहुलीबाट प्रदान भएको थियो ।
त्यसैगरी ग्रन्थका सम्पादकहरु डा. रघुनाथ नेपाल, भवानीप्रसाद मिश्र, कुरेश पाण्डे, ईश्वर गुरागाईलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्