प्रदेश १ मा सरकार गठनको तयारी : मुख्यमन्त्रीको भाग एमालेलाई

प्रदेश १ मा सरकार गठनको तयारी : मुख्यमन्त्रीको भाग एमालेलाई

विराटनगर । प्रदेश १ मा नया सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ।

सत्तारुढ गठबन्धनबीच भागवण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हाे । यता, मुख्यमन्त्रीको दाबी गर्दै आएको माओवादीले भने सभामखको भाग परेको छ।
नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री हुनेछन् ।

नेतृत्व आधा-आधा बाँड्ने

शीर्ष नेताको बैठक सनिवार बसेको र त्यही बैठकले नेतृत्वको भागवण्डाको सहमति गरेपनि सार्बजनिक भने भएको छैन ।
भागवण्डा गर्दा प्रदेश १ को मुख्यमन्त्रीको कार्यकाल आधा -आधा बड्ने सहमति भएको श्रोतले जनाएको छ । शीर्ष नेताको बैठकपछि प्रदेश १ को सरकारमा दाबी पेश गर्ने गठबन्धनकाे तयारी छ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता

इन्द्रबहादुर आङ्बाले आज शीर्ष नेताको छलफल पछि भागवण्डा टुङ्गो लाग्ने बताए । उनले सरकारको नेतृत्वमा आफू हरुको पनि दाबी रहेओ बताउदै शीर्ष नेताबीचको आजको बैठकले भागवण्डा टुङ्ग्याउँने जानकारी दिए । उनले भने,‘ मुख्यमन्त्री एमालेको भागमा परे सभामुख हामीले पाउँछौं ।’

प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि दलहरुलाई आज बेलुका ५ बजेसम्म दिएको छ ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तीका लागि गत पुस १७ गते सात दिन भित्र दाबी पेश गर्न आह्वान गरेका थिए ।दाबी पेश गर्न दलहरुले छलफल गरेपनि केन्द्रमा भागवण्डा नमिल्दा दाबी पेश गर्न अन्तिम समयसम्म कुर्नु परेको हो । आज साझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ ।

गठबन्धन दुई तिहाई बहुमतको नजिक

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्